क्रिकेट टोली सिंगापुर पुग्यो
काठमाडौं- सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली क्रिकेट टोली शनिबार सिंगापुर पुगेको छ । नेपाली टोलीले मलेसियामा १० दिन तयारी गरी उतैबाट सिंगापुर प्रस्थान गरेको हो । नेपालले मलेसियासँग दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।
नेपालले मलेसियाविरुद्धको दुवै खेल जितेर सिरिजमा ‘क्लिन स्विप’ सकेत गरेको थियो । पहिलो खेलमा मलेसियालाई सात विकेटले हराएको नेपालले दोस्रो खेलमा ६ रनको रोचक जित निकालेको थियो । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले जुलाई २३ मा कतारसँग समूह चरणको पहिलो खेल खेल्नेछ । दोस्रो खेल मलेसियासँग २४, तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद