शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले डस्दा बर्दिवासमा एक जनाको मृत्यु

शनिबार, ०४ साउन २०७६, २२ : २८
शनिबार, ०४ साउन २०७६

महोत्तरी-महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप