मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा टिपरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

शनिबार, ०४ साउन २०७६, २२ : १२
शनिबार, ०४ साउन २०७६

काठमाडौं-काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना३ख ७५६१ नंको टिपरमा बा९२प ६५६५ नंको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

आज भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको  महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–२४ मख्खन गल्ली बस्ने सन्तोष रौनियारको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करीब रु १९ लाख १० हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप