शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको चपलीमा आगलागी

शनिबार, ०४ साउन २०७६, २१ : ४७
शनिबार, ०४ साउन २०७६

काठमाडौं–राजधानीको चपलीमा शनिबार साँझ आगलागी भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ को कार्यालय नजिकै एक पसलमा आगलागी भएको हो । 
विद्युत सर्ट भएर आगलागी हुँदा ग्यास समेत पड्किएको एक स्थानीयले जानकारी दिए । यद्यपि आगलागीबाट मानवीय क्षति भएको छैन । 
आगलागी करीब एक घण्टापछि दमकलको सहयोगमा निभाइएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप