बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ५ का कुन–कुन सहकारीले पाए अनुदानका गाडी ?

शनिबार, ०४ साउन २०७६, १९ : २७
शनिबार, ०४ साउन २०७६

बुटवल । प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न कृषि सहकारीलाई अनुदानमा १४ वटा महेन्द्रा पिकअप गाडी प्रदान गरेको छ ।

शनिवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सहकारीबाट सञ्चालन भएका कृषि संकलन केन्द्र तथा कृषि हाट बजारमा तरकारी ढुवानीको लागि उक्त गाडीहरु प्रदान गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीका अध्यक्ष  तथा प्रतिनिधिहरुलाई गाडीको चाँपी प्रदान गरिन् । 
कार्यक्रममा बोल्दै मन्त्री  पौडेलले प्रदेश ५ सरकारले कृषि सहकारी मार्फत किसानहरुको उत्पादन बजारीकरणमा विषेश जोड दिइएको बताइन् । 

उनले १४ वटा सहकारी संस्थाहरुलाई प्रदान गरिएकोमा केही दिनमा नै थप ५ वटा गाडी बाँके जिल्लामा कार्यक्रम आयोजना गरी प्रदान गरिने जानकारी दिइन् ।

मन्त्रालयले १० लाख र सहकारीबाट ११ लाख ९५ हजार रुपैया गरी कुल  २१ लाख ९५ हजारमा महेन्द्र कम्पनीका पिकअप गाडी प्रदान गरिएको जनाएको छ ।
 साना किसान कृषि सहकारी संस्था भुमिकास्थान नपा अर्घाखाँची, साना किसान कृषि सहकारी संस्था सन्धीखर्क अर्घाखाँची,  सिलसिला बहुउदेश्यीय सहकारी संस्था सन्धीखर्क अर्घाखाँची, आशिष कृषि सहकारी संस्था किपलवस्तु, नयाँ अभियान कृषि सहकारी संस्था गुल्मी, सुर्योदय कृषक बहुउदेश्यीय सहकारी संस्था दाङ्ग, गणेश गंगा कृषि सहकारी संस्था दाङ्ग, मैनादी कृषि सहकारी संस्था पाल्पा, जनसाहरा कृषि सहकारी संस्था पाल्पा, हरिओम कृषि सहकारी संस्था प्यूठान, युगप्रवाह कृषि सहकारी संस्था प्यूठान, नयाँ कृषि अभियान कृषि सहकारी संस्था बुटवल रुपन्देही, कदम हिला कृषि सहकारी संस्था रुपन्देही, जेलबाङ्ग कृषि सहकारी संस्था रोल्पाले उक्त  गाडी अनुदा स्वरुप प्राप्त गरेका छन् ।

यस्तै मिलन कृषि सहकारी संस्था बर्दिया, साना किसान कृषि सहकारी संस्था बर्दिया,  भेरी  सितभण्डार कृषि सहकारी संस्था बाँके, एभरेष्ट कृषि सहकारी संस्था बाँके,  आस्था कृषि सहकारी संस्था बाँकेलाई समेत पिकअप गाडी प्रदान गर्ने कार्यक्रम रहेको  मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप