बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा बालकको मृत्यु

खेल्दा पासो लागेर आठ वर्षीय बालकको मृत्यु
शनिबार, ०४ साउन २०७६, १७ : २८
शनिबार, ०४ साउन २०७६

पौडी खेल्ने क्रममा शनिबार डुबेर  तनहुँमा एक बालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
 
जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।  

पौडी खेल्ने क्रममा हामफाल्दा नदीमा रहेको दलदले माटोमा टाउको गएर गडेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले तत्कालै उपचारको लागि लैजान नसकिएको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेका थिए । 

त्यसैगरी जिल्लाको भानुनगरपालिका–१३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको डोरीको पासो लागि मृत्यु भएको छ । आमा र हजुरबुबा काममा गएको समयमा ९२ वर्षीया मैया अधिकारी घरमा रहेको अवस्थामा अधिकरीले डोरीमा खेल्ने क्रममा पासो लाग्न गई मृत्यु भएको प्रहरीले जनाएको छ । 

उठबस गर्न नसक्ने वृद्धा हजुरआमा घरमा रहे पनि अधिकारी जानीजानी नभई डोरीमा झुन्डिने क्रममा अचानक घाँटीमा पासो लाग्न गई मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप