बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले डसेर बर्दिबासमा एकको मृत्यु

शनिबार, ०४ साउन २०७६, १६ : १२
शनिबार, ०४ साउन २०७६

बर्दिबास–महोत्तरीको बर्दिबासमा एक जना पुरुषको  सर्पको टोकाइबाट मृत्यू भएको छ । 

मृत्यू हुनेमा बर्दिबास नगरपालिका वडा नं २ घर भएका  ४५ वर्षीय शिवनाथ महत्तो रहेका छन् । 

महत्तोले बर्दिबास नगरपालिका वडा नं ४ विश्वकर्मा चोकमा सञ्चालनको  गरेको चिया पसलमा बिहान ७ बजे टोकेको थियो । टोके लगत्तै उनलाई सर्लाहीको नवलपूरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उनको उपचार सम्भव नभएपछि पुनः बर्दिबासमा रहेको शुभ स्वस्तिक हस्पिटलमा लगिएकोमा महत्तोको शरीरभर विष चढिसकेकोले बचाउन नसकिएको बर्दिबास प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप