बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता हुँदाको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्छः देवेन्द्र पौडेल

शनिबार, ०४ साउन २०७६, १६ : ०९
शनिबार, ०४ साउन २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् । 

‘सरकारको आलोपालो, पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा पनि सहमति गरेर अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादीका नेताहरुबीच पाँचबुदे सहमति भएकै हो, सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन’ शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, ‘सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

यद्यपि पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले आइनसकेको बताए । 

सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड, विधेयक ल्याउने फिर्ता गर्ने, गुठी बिधेयकका सवाल र विषादी प्रकरणमा सरकारले परिपक्वता नदेखिएको धारणा राखे । 

पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दोहोर्याए । नेकपा पार्टीको विचार के हो ? भन्ने जिज्ञासामा उनले जनताको जनवाद नै अबको साझा विचार भएको बताए ।

फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने तयारी भैरहेको बताए ।

रुपन्देहीको तिलोत्तमामा बुद्ध मुर्ति तोडफोड भएकोबारे पौडेलले भने, ‘यो अपराधजन्य गतिबिधि हो, बुद्ध मुर्ति तोडफोड गर्नु अपराधजन्य गिरोहको काम हो, प्रशासनले छिटोभन्दा छिटो पहिचान गरि कारबाही गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप