शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० जना आदीवासी मारिएको घटनास्थलमा जान नदिएको विरोधमा भारतीय कंग्रेसकी नेतृ प्रियंकाद्वारा धर्ना

शनिबार, ०४ साउन २०७६, १५ : १७
शनिबार, ०४ साउन २०७६

एजेन्सी । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धी वाड्रा रातभरी मिर्जापुर जिल्लाको चुनार गेस्ट हाउसमा धर्ना बसेकी छिन् । त्यस अघि शुक्रबार राती उनले शृङ्लावद्ध ट्वीट पनि गरेकी थिइन् । 

ट्वीटमा उत्तर प्रदेश राज्यको कांग्रेस महासचिव रहेकी प्रियंकाले सोनभद्रामा भएको घटनाका लागि सरकारको विरोध गरेकी छिन् । अझ त्यस घटनामा आफूलाई सहभागी हुन नदिएकोमा उनको विरोध रह्यो । 
ट्वीटमा उनले भनेकी छिन् ,‘यदी पीडितसँग भेटेकोमा सरकार मलाई जेल पठाउन चाहन्छ भने म तयार छु । ’

प्रियंका गान्धी उत्तर प्रदेशको सोनभद्र भन्ने स्थानमा भएको हत्याकाण्डको पीडितसँग भेटघाट गर्न चाहन्थिन् । तर प्रहरी र प्रशासनले उनलाई मिर्जापुरको नारायणपुर गाउँमा नै रोकेको थियो । पछि प्रियंकालाई चुनार गेस्ट हाउसमा लगियो । त्यहीँ उनले रातभरी धर्ना दिएकी हुन् ।

के भएको थियो सोनभद्रमा ?
बुधाबार उत्तर प्रदेशको सोनभदा गाउँको मुखिया र उसका समर्थकले आदिवासीहरुको जमिनमाथि कब्जा गर्ने प्रयास गरेका थिए । त्यस क्रममा आदीवासीहरु आफ्नो जग्गा हडप्ने कार्यको विरोधमा उत्रिए । त्यसरी विरोधमा उत्रेका १० आदीवासीको हत्या भएको छ । 

सम्पूर्ण विवाद घोरवाल जिल्लामा रहेको ९० बिघा जमिनमा केन्द्रीत छ ।

प्रियंका हत्याकाण्डका घाइतेलाई भेटेर सोनभद्र जादैं थिइन् । यही दौरान नाराणयपुरमा उनको गाडिलाई रोकियो । त्यसपछि प्रियंका बाटोमै धर्नामा बसेकी थिइन् । त्यसपछि उनलाई नजिकैको चुनार गेष्ट हाउसमा लगियो । त्यहाँ पनि उनले धर्ना जारी राखिन् । 

प्रियंकाले ट्विटमा लेखेकी छिन् ,‘ उत्तर प्रदेश सरकारको कर्तव्य अपराधीलाई पक्रानु गर्ने हो । अपराधबाट पिडितको पक्षमा उभिनु मेरो कर्तव्य हो । भाजपा अपराध रोक्ने काममा त असफल भयो तर मलाई मेरो कर्तव्यबाट रोकिरहेको छ । मलाई पिडितको पक्षमा उभिन सकैले रोक्न सक्दैन । ’

प्रियंका राखिएको चुनार गेष्ट हाउसको बिजुली पनि काटिएको थियो । प्रदेशका कांग्रेस नेताहरुका अनुसार सरकारले बिजुली मात्रै होइन, गेष्ट हाउसको पानी पनि अवरुद्ध गरिएको थियो ।

प्रियंकालाई सोनभद्र जानबाट रोकेकोमा कांग्रेस नेता तथा प्रियंकाका दाई राहुल गान्धीले पनि विरोध गरेका छन् । राहुलले उक्त घटनाको विरोध गर्दै भने ,‘प्रियंकालाई रोक्नको लागि सत्ताको दुरुपयोग भयो । यसले भाजपा सरकारको असुरक्षाको भावना देखाउँछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप