शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अल्जेरियाका बेनेसर बने सर्वोकृष्ट खेलाडी

शनिबार, ०४ साउन २०७६, १३ : ०१
शनिबार, ०४ साउन २०७६

अल्जेरियाका स्मेल बेनेसर अफ्रिकन कप अफ नेसन्स फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

अल्जेरियालाई च्याम्पियन बनउान महत्वपूर्ण भूमिका निर्वाह गरेका मिडफिल्डर बेनेसर सर्वोकृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो ।

 बेनेसर इटालियन क्लब इमपोलीबाट ब्यावसायिक फुटबल खेल्छन् । सर्वाधिक गोल कर्ताको पुरस्कार नाइजेरियाका ओडिओन इघालोले जिते । 

प्रतियोगितामा सर्वाधिक पाँच गोल गरेका उनले ‘गोल्डेन बुट’ पाए । उत्कृष्ट गोलरक्षकको पुरस्कार अल्जेरियाका रेइस एमबोल्हीले हात पारे । ‘फेयर प्ले टिम अवार्ड’ सेनेगललाई प्रदान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप