जलवायु सङ्कटले लाखौँ विस्थापित, किन भयो दक्षिण एसिया बस्न अयोग्य ?
भारी मनसुनी वर्षाका कारण दक्षिण एसियाका १०औँ हजार मानिस विस्थापित भएका छन् भने लगभग ६० लाख जनता बाढीको जोखिममा रहेका छन् । भारतमा वर्षाका बाबजुद् पनि केही क्षेत्रमा भयङ्कर सुख्खाका कारण एक साता लामो पानीको सङ्कट र देशभर तातो हावाका कारण कम्तीमा पनि १ सय ३७ जना मारिएका छन् ।
विज्ञका अनुसार भूमिगत पानी निरन्तर निकालिएको तथा एक करोड मानिसले पानीको पहुँच बाहिर रहेका कारण भारतलाई पानी अभावको कष्टदायक समस्या सम्बोधन गर्न पाँच वर्ष लाग्नेछ ।
खडेरीका कारण अफगानिस्तानको परम्परागत खेती गर्ने क्षेत्र सखाप नै भएको छ । त्यसले गर्दा लाखौँ जनताले भोकमरीमा धकेलिएका छन् । त्यसको अलवा बङ्गलादेशमा भारी मनसुनी बाढीले सिङ्गो समुदायहरु मरुभूमिमा परिणत भएको छ । मुख्य सडकहरु विच्छेद भएका छन् । विशेषतः म्यानमारको सीमामा क्याम्प खडा गरेर बस्न बाध्य भएका सयौँ हजार रोहिङ्ग्या शरणार्थीका अवास्था नाजुक भएको छ ।
यो जलवायु परिवर्तनको चरम सङ्कटको अस्त्र हो । यस्तो आपत्ति देखियो कि दक्षिण एसियाका धेरै मानिसको मृत्यु विकसित मुलुकका भविष्यका निम्ति धेरै समस्या पैदा गर्नुका साथै नयाँ शरणार्थी सङ्कटले युरोपको मदहोसलाई नराम्रोसँग भङ्ग गरिदिएको छ ।
मनसुनको विपत्ति
दक्षिण एसियाको कृषि शताब्दीदेखि वार्षिक मनसुनमा आधारित छ । कुनै वर्ष वर्षात्मा ढिलो भयो व्यापक सुख्खा तथा पानीको सङ्कट हुन्छ । दुई अर्ब अर्थात् उनीहरुको गाँसबासका लागि मनसुनमा भरपर्ने मुख्य जिम्मेवारीबाट छुटकारा पाउने तथा सहायता पाउने उपाय पत्ता लगाउन १९औँ शताब्दीदेखि वैज्ञानिक र सरकारी संस्थाहरु मनसुन कहिले आउँछ भन्ने भविष्यवाणी र नमुना उपाय पहिल्याउन लागिपरेका छन् ।
जलवायु परिवर्तनको बढोत्तरीका करण यस्ता समस्यासँग जुध्न सक्ने जिम्मेवारीमा बढी केन्द्रित गराएको छ । जनरल नेचरको अध्ययनअनुसार इन्डियन महासागर तातिरहेको, मौसमी प्रक्रिया बारम्बार वृद्धि भइरहेको, वायु प्रदूषण तथा जमिनको प्रयोगमा परिवर्तनले उपमहादेशभर निरन्तर वर्षात् कम हुँदै गएको र मनसुनमा अस्थिरता देखिएकाले यस्ता समस्यासँग जुध्ने उपयुक्त उपाय पहिल्याउन समस्या भएको छ ।
निर्दयतापूर्वक समग्र वर्षाको मात्रामा कमी आएको छ । खडेरी बढेको छ, पानी पर्ने दरमा वृद्धि आएको छ । पहिरो र बाढी बढिरहेका छ, नेचरको अध्ययनले पत्ता लागाएको छ ।
अनुसन्धानकर्ताका अनुसार मध्यभारतमा सन् १९५० देखि २०१५ मा ‘व्यापकरुपमा कठोर वर्षा’ तीन गुणाले वृद्धि भएको छ । जसले मानव जीवन, कृषि र प्रक्रियामा प्रलय ल्याएको छ ।
‘यस क्षेत्रका सम्पूर्ण घटनामा बारम्बार तीव्रता आएको छ’, अध्ययनमा थप भनिएको छ, ‘यस शताब्दीको अन्त्यमा प्रक्षेपित परिवर्तन भन्दा पनि यस उपमहादेशका अन्य क्षेत्रमा अरू चरम तीव्रता आउनेछ ।’
तापक्रमको वृद्धिसँगै र अरू अनावृष्टि तथा बाढीका कारण भारतका भूभागहरु मानवका लागिका अयोग्य स्थान हो भन्ने वास्तविक प्रश्न खडा हुनेछ । वैज्ञानिकका अनुसार भारतमा मात्र होइन चरम तातो हावाले दक्षिण एसियाका स्वस्थ्य मानिसलाई पनि मार्नेछ, त्यसैगरी मध्यपूर्वी र उत्तर अफ्रिकालाई पनि असर पार्नेछ ।
असमान असर
जलवायु परिवर्तन अविष्यमा रहिरहने छैन । हामी १.५ डिग्री सेन्टिग्रेडमा थुनिएका छौँ, एक पटक विकास जलवायु परिवर्तनमा मानव कारकको अधिकतम दायरा र पेरिस सम्झौताअनुसार अहिले २ डिग्री सेन्टिग्रेडभन्दा तल छौँ ।
जलवायु परिवर्तनको सङ्कटकालले समग्र विश्वलाई असर पार्नेछ तर यसले सबैतिर समान हुनेछैन र एकैसाथ पनि हुनेछैन । विश्वमा तापक्रम तथा अस्थिर मौसम र घातक खडेरी, तातो हावा र बाढी देखा पर्नेछ । यस्तो हावापानीमा गुजारा गर्नेले स्थानीय कृषि तथा पूर्वाधार उजाड र अगाडिका भविष्य झनै संवेदनशील हुनेछन् । समुद्री सतह तथा तटीय क्षेत्रका अति कम विकसित मुलुकका लाखौँ जनता बाढीका कारण प्रभावित हुनेछन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार जलवायु परिवर्तनका १२ करोड जनता गरिबीको चपेटामा पर्नेछन् भने उनीहरुले भोकमरी अथवा बसाइँ सराइलाई रोज्नुपर्ने अवस्था आउँछ । स्ट्याफोडका अनुसन्धानकर्ताले जलवायु परिवर्तनकै कारण गरिब देशहरु झनै गरिब भएर जानेछन् र विश्वका देशमा असमानताको आवस्था झनै बढेर जाने बताएका थिए ।
जलवायु शरणार्थी
जलवायु परिवर्तनबाट प्रभावित व्यक्तिहरु आफ्ना बालबच्चालाई डुबाउन, तातोबाट मार्न र तीर्खाबाट मर्न दिने छैनन् । नर्वेजियन शरणार्थी परिषद्को अनुमानमा २ करोड ६ लाख मानिस प्रत्येक वर्ष आउने बाढी र हावाहुरी विस्थापित हुनेछन् अथवा प्रतिसेकेन्ड एक जना विस्थापित हुनेछन् । संयुक्त राष्ट्रसङ्घको महासभाका अनुसार मरुभूमीकरण र माटो तथा जमिन गुस्तरमा आउने खराबीका कारण सन् २०४५ सम्ममा १३ करोड ५ लाख मानिस विस्थास्पित हुनेछन् ।
धेरै मानिस आफ्नै देशमा आन्तरिक शरणार्थी हुनुपर्नेछ । हिंसा तथा अत्याचारका कारण सीमा पार गरेर अन्यत्र जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएर यसै वर्ष मात्रै ७ करोड पुगेको छ ।
स्राेत : सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश