मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो
पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताए । “बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन”, थापा मगरले भने, “अरु काम मौसमले गर्न दिएन ।” उनले वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने सुनाए ।
अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ ।
यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । सदरमुकाम कुश्मा बजार क्षेत्रको चार किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ । करीब दुई किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।
पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन् । दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै