शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पोखरेलले दिए निर्देशन

शुक्रबार, ०३ साउन २०७६, १९ : ५८
शुक्रबार, ०३ साउन २०७६

बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले  विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिएका छन् । मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रममा बोल्दै उनले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताएका छन् ।

‘असार लागेपछि बर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ, आर्थिक वर्षको अन्त्यमा हतार हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौं’ उनले भने । उनले साना आयोजनाहरु आबको आठ महिनाभित्र टुंग्याउने गरी अघि बढ्नुपर्ने बताए ।
मुख्यमन्त्री पोख्रेलले  विकास आयोजनाको निमार्ण गर्दा २० वर्ष पछिको अवस्थालाई ख्याल गर्न र बहुवर्षीय आयोजनालाई पहिले नै टुंगो लगाएर अघि बढ्न मन्त्रालयहरुलाई निर्देशन दिए ।

उनले प्रदेशका १० गौरवका आयोजनाको छनौटको तयारीमा लाग्न मन्त्रालयहरुलाई निर्देशन दिए । ‘आर्थिक मामिला बाहेक अरु पाँच मन्त्रालयले कम्तिमा तीन आयोजना छनौट गरी प्रस्ताव अघि बढाउनुस्, त्यसमध्ये राम्रो आयोजना छनौट गरी अघि बढ्न सकिन्छ’ उनले भने ।

उनले प्रदेशका गौरवका आयोजनामा श्रोतको द्विविधा नराख्न मन्त्री र सचिवहरुलाई आश्वस्त समेत पार्दै चरंग—झुम्सा वाइपास सडकमा यो आवभित्रै गाडी चल्न सक्ने गरी काम गर्न निर्देशन दिए । ‘काम छिटो र राम्रो गरौं, श्रोतको अभाव भयो भने व्यवस्थापन हुन्छ’ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन समेत उनले निर्देशन दिए । ‘राम्रो आन्तरिक श्रोत भएको अस्पताल अस्तव्यस्त छ, अस्पतालको अहिलेको अस्तव्यस्त अवस्था अन्त्य हुनुपर्छ’ उनले भने । 
तुलसीपुर र बुटवलमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्ने बताए । उनले विपदको व्यवस्थापन गर्न केन्द्रको भर पर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन दिए । सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष पाउने हुनुपर्ने बताए ।

‘अरु मन्त्रालयले गर्ने काको प्रतिफल पाउन समय लाग्छ, तर राम्रो गरी काम गर्न सक्दा सामाजिक विकास मन्त्रालयको प्रतिफल तत्काल पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप