पोखरा पद्म नर्सिङ होम विवाद: टुंगियो सञ्चालकको विवाद
पोखरा– अस्पतालको मागअनुसारको रकम दिन राजी भएपछि पोखरा पद्म नर्सिङ होम अस्पताल र पद्म नर्सिङ होम स्कुुल अफ स्कुलिङबीचको विवाद टुंगिएको छ । अस्पतालको माग अनुसार ६० लाख रुपैयाँ बुझाउने सहमतिपछि विवाद टुंगिएको कलेज प्रशासनले जनाएको छ ।
अस्पतालको माग अनुसारको रकम तिर्ने सम्झौतापछि विवाद टुङ्गिएको कलेज प्रमुुख इन्दु थापाले जानकारी दिइन् । ‘उहाँहरुको मागअनुसारको रकम दिने सहमति भै सकेपछि विवाद टुंगिएको छ,’ उनले भनिन्, ‘पहिलो किस्तामा ३० लाख तत्कालै बुझाउँने, बाँकी ३० लाख १०÷१० लाख गरि ३ पटकमा बुझाउने सहमति पछि विवाद टुंगियो ।’ यो सँगसँगै कलेजलाई अर्को १ सय शैयाको अस्पतालमा मर्ज हुने बाटो समेत खुलेको उनले खुलाइन् ।
‘कलेजलाई पनि आफ्नो स्वामित्वबाट फुक्का गरिदिनुभयो,’ उनले भनिन्, ‘उहाँहरुले बेड पनि नथप्ने, कलेज पनि नचाहिने बताउँनु भयो । अब हामी उहाँहरुको स्वामित्वमा छैनौं ।’ कलेजले १ सय शैयाको अर्को अस्पतालसँग सम्झौता गरेर अघि बढ्ने उनले जानकारी दिएन । ‘एक दुई वटा अस्पतालसँग कुरा पनि भइरहेको छ, उहाँहरुसँग कुरा मिलेपछि उहाँहरुकै नाम दिएर कलेज सञ्चालन गछौं,’ उनले भनिन्, ‘हामीले खोज्न त खोजिरहेका थियौ, अहिलेसम्म बाटो खुलेको थिएन । अब खुल्यो ।’
विवाद टुंगिएसँगै नयाँ विद्यार्थी भर्ना रद्द हुने खतरा समेत टरेको उनले सुनाइन् । ‘अहिलेसम्म पत्र पाएका थिएनौं,’ उनले भनिन्, ‘अब आधिकारिक पत्र पनि पायौं । छिट्टै नयाँ १ सय बेडको अस्पतालसँग सम्झौता गरेर अघि बढ्छौं । लगभग नयाँ विद्यार्थी भर्ना रद्द हुने खतरा पनि टुंगिएको छ ।’
अस्पतालका प्रवन्ध निर्देशक डाक्टर योगमान शाक्यले कलेजले चाहे अनुसारनै सम्झौता गरेको जानकारी दिए । ‘उहाँहरुले चाहे अनुसार भयो,’ उनले भने, ‘त्यही अनुसारको सम्झौता गरेर विवाद टुंगाइयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन