गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी
शुक्रबार, ०३ साउन २०७६, १९ : १४
काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे ।
शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराए । जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।
प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई पनि आग्रह गरे । त्यस अवसरमा उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने