यसकारण नबन्ने भो भक्तपुरको दुवाकोटमा वीर अस्पतालको नयाँ भवन
काठमाडौँ– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भक्तपूरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको नयाँ भवन नबन्ने अवस्थामा पुगेको बताएका छन् ।
आज मन्त्रालयको बार्षिक उपलब्धी सार्वजनिक गर्ने क्रममा असफल भएको कामहरुको बारेमा जानकारी दिँदै मन्त्री यादवले दुवाकोटको जग्गा वीर अस्पताल बनाउन उपयुक्त नभएको उल्लेख गरेका हुन् । पत्रकार सम्मेलनमा मन्त्री यादवले भक्तपूरको दुवाकोटमा १६ सय शैय्याको वीर अस्पताल निर्माणको लागि ५ सय रोपनी जग्गामा तयारी थालिएको तर चाईनाको एक टोलीले उक्त स्थान उपयुक्त नभएको भनेपछि आफूहरु पछि हटेको बताए ।
अस्पताल निर्माणको लागि चाईना सरकारसँग सहयोगको अपिल गर्दा चाइनाले दुवाकोटमा वीर अस्पताल बनाउन उपयुक्त नभएको भन्ने प्रतिक्रिया दिएपछि अर्काे ठाउँ खोज्नु पर्ने स्थितिमा मन्त्रालय पुगेको छ । दुवाकोटको जग्गा हेर्दा नागरिक सहजै जान सक्ने अर्थात सडकको राम्रो व्यवस्था नभएको, स्वास्थ्य सेवा लिन जाँदा नागरिकलाई सहज हुने ठाउँमा अस्पताल बनाउन चाइनाको टोलीले सुझाव दिएपछि अहिले वीर अस्पतालको काम बन्द भएको छ ।
अब वीर अस्पताल निर्माणको लागि आफूहरु नयाँ ठाउँको खोजिमा रहेको पनि मन्त्री यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’