संसदीय समितिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण सुरु
काठमाडौं– संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।
बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । उनले निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्याँकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।
समितिले गत असार २७ गतेबाट सुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ । त्यसैअनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताए ।
निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो । पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरिदिन पनि आग्रह गरेका थिए ।
यता, समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गरेका थिइन् । बाढी, पहिरो र डुबानबाट धेरैको जनधनको क्षति भएपछि सो समितिले उनीहरुको राहतको तत्काल व्यवस्था गर्न सरकारलाई यस अघि नै सचेत गराएको थियो ।
सभापति श्रेष्ठले यो समस्याको दीर्घकालीन समाधानका लागि पनि ठोस योजना बनाएर सरकारलाई आवश्यक निर्देशन दिने गरी डुबान, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको कामलाई सुरु गरिएको पनि स्पष्ट पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी