शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी

शुक्रबार, ०३ साउन २०७६, १५ : २८
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले त्यसका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गर्ने पनि बताए । शुक्रबार काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवाको एक कार्यक्रमका बीच शुभारम्भ गर्दै उनले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पारे । 

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए । तर त्यसका लागि यातायात व्यवसायीहरुले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप