मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमइ लघुवित्तको शतप्रतिशत हकप्रद  बिक्री साउन २१ बाट खुल्ने

शुक्रबार, ०३ साउन २०७६, १५ : २७
शुक्रबार, ०३ साउन २०७६

ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाको हकप्रद सेयर आगामी साउन २१ गतेदेखि निष्काशन हुने भएको छ ।

कम्पनीले ११ लाख ४ हजार ७ सय ७५ कित्ता सेयर निष्काशन गर्दैछ । यसको अंकित मूल्य सय रुपैयाँ तोकिएको छ ।

यसका लागि भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले एक कित्ता सेयर बराबर थप एक किता सेयर दिनेछ ।

यसमा असार ३१ सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यस हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।   हकप्रद बिक्रीपछि कमपनीको चुक्ताँपुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

हाल यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप