शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर हरर चलचित्र ‘घर’

शुक्रबार, ०३ साउन २०७६, १३ : ४६
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा एक्सन, कमेडी, प्रेमकथा लगायतका धारका धेरै फिल्म बन्छन् । तर, हरर फिल्म भने कमै बन्ने गरेका छन् ।

नेपाली फिल्म क्षेत्रमा देखिएको हरर जनराको कमीलाई नियमित पूरा गर्दै आएका छन् निर्देशक अपर्ण थापाले । यी नै अपर्ण थापा निर्देशित दोस्रो हरर फिल्म हो ‘घर’ ।

‘घर’ आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले देशभरनै एकल प्रदर्शन अवसर पाएको हो ।

अपर्ण थापा, बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मले दर्शक रिजाउने अुनमान निर्माण युनिटको रहेको छ ।

फिल्ममा बेनिशा हमालले भूतको भूमिका निर्वाह गरेकी छन् ।

शर्मिला पाण्डेले निर्माण गरेको यस फिल्मलाई अर्पण स्वयमले निर्देशन गरेका हुन् । यसअघि अर्पणले हरर जनरामै ‘सुनकेशरी’ निर्माण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप