शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

शुक्रबार, ०३ साउन २०७६, १३ : ४५
शुक्रबार, ०३ साउन २०७६

सियोल– दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । 

कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चारमाध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन् । –एएफपी /   photo: Ahn Young-joon/Associated Press

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप