तेस्रो पटक पिता बने अर्जुन रामपाल, प्रेमिका गेब्रिएलाले दिइन् छोरालाई जन्म
शुक्रबार, ०३ साउन २०७६, १२ : २८
बलिउड नायक अर्जुन रामपालले केही समयअघि आफ्नी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स गर्भवती भएको घोषणा गरेका थिए । अब उनी तेस्रो पटक पिता बनेका छन् । उनकी प्रेमिकाले छोरालाई जन्म दिएकी छिन् । यसअघि अर्जुनले सन् १९९८ मा मोडल मेहर जेसियासँग विवाह गरेका थिए । यी दुई सन् २००८ देखि अलग बसिरहेका थिए । पूर्वपत्नी मेहर जेसियाको तर्फबाट उनका दुई छोरी मायरा र माहिका छन् ।
स्मरण रहोस्, अभिनेता रामपाल र गेब्रिएला लामो समयदेखि एक–अर्कालाई डेटिङ गरिरहेका थिए । मेहर जेसियासँगको सम्बन्धविच्छेदपछि उनी गेब्रिएलासँगको सम्बन्धमा ओपन भएका थिए ।
बलिउड निर्देशक जेपी दत्ताकी छोरी निधि दत्ताले अर्जुन रामपाल पिता बनेको खबर पुष्टि गरेकी छिन् । निधिले ट्वीटमा दुबैलाई बधाई दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल