शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत कर्मचारीको समायोजन विवरण सार्वजनिक

शुक्रबार, ०३ साउन २०७६, १२ : ०७
शुक्रबार, ०३ साउन २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत ४ वटा विधाका कर्मचारीको समायोजन विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको समायोजन विवरणमा मेडिकल रेकर्डर निरीक्षक अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक/मेडिकल रेकर्डर निरीक्षक/मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ औँ तहको कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।

३ वटा पदका देशभर ४६ जना कर्मचारीलाई समायोजनमा समेटिएको छ ।    

यस्तै वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ/कन्सलटेन्ट आयुर्वेद विज्ञ ९/१० औँ तहका कर्मचारीको पनि मन्त्रालयले विवरण सार्वजनिक गरेको हो । यस अन्तर्गत १३ जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ ।

कम्यूनीटी नर्सिङ प्रशासक ९ र १० औ तहको अन्तर्गत १ जना रहेका छन् । जसलाई संघ अन्तर्गत नै राखिएको छ ।वरिष्ठ अस्पताल नर्सिङ प्रशासक/अस्पताल नर्सिङ प्रशासक अन्तर्गतको ९ र १० औ तहका कर्मचारीहरुको पनि समायोजन विवरण सार्वजनिक गरिएको छ । यस पदमा १४ जना कर्मचारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप