शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समुन्द्री किनारमा परिवारसँग रमाउँदै मेस्सी

शुक्रबार, ०३ साउन २०७६, ०९ : ०३
शुक्रबार, ०३ साउन २०७६

क्लबका सहकर्मी नयाँ सिजनको तयारी खेलमा जुटिरहेको बेला बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी भने श्रीमती र छोराहरुसँग रमाई रहेका छन् । प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका छन् ।

मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन । उनले बार्सिलोनाको प्रिसिजनका केही अभ्यास खेल गुमाउने बताईएको छ । कोपा अमेरिका कपको सेमिफाइनलबाट अर्जेन्टिना बाहिरिएपछि मेस्सी निकै तनाबमा थिए । विस्तारै सम्हालिएका मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन् ।

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गर्दैछ । बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गर्न लागेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेल्दैछ । प्रिसिजनअघि पाँच खेल खेल्न लागेको बार्सिलोनाले जुलाई २७ मा जापानकै भिसाल कोबे क्लबसँग खेल्नेछ ।

मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ । उनी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने साविक विजेता बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप