निलम्बित डिएसपी ढुंगेललाई पक्राउ गर्न अख्तियारको पत्राचार
शुक्रबार, ०३ साउन २०७६, ०८ : ५५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु गरेको छ ।
गत असार २८ गते प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई निर्देशन दिएको छ । परिसरले ढुंगेललाई यथासक्य चाडो प्रहरी परिसरमा हाजिर हुन सूचना जारी गरेको छ र उपस्थित नभए पक्राउ गर्ने परिसरका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) उत्तम राज सुवेदीले रातोपाटीलाई बताए ।