डुबान पीडितलाई मुख्यमन्त्री राउतद्वारा राहत वितरण
रौतहट-अबिरल बर्षासँगै बिनाशकारी बाढी आएको एक हप्तापछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बिहिवार रौहतटको बाढी प्रभावित क्षेत्र निरीक्षण गरेका छन् । मुख्यमन्त्री राउतले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर जिल्ला प्रशासन कार्यालय गौरमा आएका बाढी पीडितलाई राहत रकम समेत वितरण गरेका छन् ।
बाढीमा परेर मृत्यु भएका गौर नगरपालिकाका २ जना मृतक परिवारलाई नेपाल सरकारबाट आएको १/१ लाख नगद र राहत सामाग्री मुख्यमन्त्री राउतले हस्तान्तरण गरे । बाढीबाट पिडित भएका परिवारलाई प्रदेश सरकारको राहत वितरण गर्दै मुख्य मन्त्री राउतले हरेक वर्ष बाढीबाट जनधनको क्षति भइरहेको अवस्थामा जनताको जनधनको सुरक्षाका लागी ठोस पहल हुनुपर्ने बताए ।
उनले पीडितको समस्या समाधान गर्न प्राधिकरण गठन गरेर अगाडी बढनुपर्ने बताए । सञ्चारकर्मीहरुसँग कुरो गर्दै केन्द्र सरकारबाट पहल गरेर ठोस नीति बनाई स्थायी रुपमा बाढीको समस्यालाई समाधानका लागि प्रदेश सरकार र स्थानीय तह समेतको सहभागितामा काम हुन जरुरी रहेको उनले जिकिर गरे ।
बाढी प्रभावित क्षेत्रहरुको ्नक्साकंन गरेर अधिकार सम्पन्न विपत व्यवस्थापन सम्बन्धी एउटा प्राधिकरण गठन गर्नु पर्नेमा राउतले जोड दिए । मुख्यमन्त्री राउतले वागमती, लाल बकैया, झाँझ, डोरी, चाँदी लगायतका नदीहरुलाई व्यवस्थीत बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापन गरी समस्या समाधान गर्नुपर्ने बताए ।
बाढीमा मृत्यु भएका परिवारका सदस्यलाई नेपाल सरकारको तर्फबाट तत्काल एक लाख रुपैयाँ, खाद्यान्न तथा पाल मुख्यमन्त्री राउतले हस्तारन्तरण गरेका थिए । बाढीको दोस्रो दिनमै प्रदेश सरकारले आपतकालिन बैठक बसेर राहत तथा पुर्नस्थापनाको काम अगाडी बढाएको उनले बताए ।
बाढीबाट प्रभावित जिल्लाहरुमा प्रदेश सरकारले तत्कालका लागी दश लाख रुपैयाँका दरले राहतका लागि रकम पठाएको मुख्यमन्त्री राउतले बताए ।सोही कार्यक्रममा मुख्यमन्त्री राउतले रौतहटका पाँच हजार बाढी पीडित परिवारका लागि करिव १ करोड ३७ लाखको पाँच हजार राहत प्याकेज वितरण हुने समेत प्रस्ट पारेका थिए ।.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज