बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तरबाहिनी क्षेत्रमा आध्यात्मिक केन्द्र बनाइने

बिहीबार, २६ साउन २०७४, २१ : ४८
बिहीबार, २६ साउन २०७४

स्याङजा – स्याङ्जाको मालुङ्गा र पाल्पाको हुँगीको बीचमा गण्डकीको तटमा अवस्थित उत्तरबाहिनी क्षेत्रमा आध्यात्मिक केन्द्र बनाइने भएको छ। 

श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा श्रावण २५ गते १००८ स्वामी विवेकानन्द सरस्वती र १००८ स्वामी लोकानन्द महाराजले गण्डकीको दुवैतिर स्याङ्जा र पाल्पामा योगध्यान हल र शालग्राम मन्दिरको शिलान्यास गरे। 

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, पूर्व सांसद शंकर पाण्डे, ब्राह्मणसमाज नेपालका सह अध्यक्ष रोमणि पाठक इन्जिनियर सुदीप ,अर्याल, वासुदेवानन्द ब्रह्मचारी, व्यास पुरुषोत्तम बस्याल, जनार्दन न्यौपाने, गनपा, तिनाउ गाउँपालिका र बग्नासकाली गाउँपालिका कार्यकारी अधिकृतहरू, रम्भादेवी गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीलगायतको उपस्थिति तथा विवेक बस्याल र सोमनाथ न्यौपानेद्वारा सञ्चालित  रहेको कार्यक्रम चैतन्य कृष्णको अध्यक्षतामा सम्पन्न भयो । यस कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा १००८ स्वामी विवेकानन्द महाराजजले यो उत्तरबाहिनी क्षेत्र विश्वभरिका ऊकार परिवारका अर्बौं सनातनीहरूको गन्तव्य बन्ने र यहाँ सबैको कल्याणकारी वृत्ति जाग्ने बताए भने ८ महिनादेखि मोन रहेर साधना गरिरहेका १००८ स्वामी लोकानन्द महाराजले चैतन्य कृष्णको अन्तरात्मा स्वयं गण्डकी माताले दिएको दिव्य प्रेरणा भगवत्कृपाले साकार भएर यहाँ  ज्ञानविज्ञानको केन्द्र बन्ने कुरा लेखेर व्यक्त गरे । पाल्पाका एलडीओ रामप्रसाद पाण्डेले समाज संस्कारविहिन हुँदै गएकाले 
नेपालमा संस्कृत शिक्षाको अपरिहार्यता रहेको कुरामा जोड दिए । रोमणि पाठक, वासुदेवानन्द ब्रह्मचारी, गणेश बस्याल, महेश भट्टराई, कृष्ण रेग्मीलगायतले शुभकामना व्यक्त गरेको थियो ।
सिद्धबाबा धाम पाल्पाका व्यास पुरुषोत्तम बस्यालले गण्डकीमहिमाको बारेमा भजनमार्फत सबैलाई भावुक बनाए, भने इन्द्र प्रसाद बस्यालले कालीगण्डकीको बारेमा गहकिलो कविता प्रस्तुत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप