धनगढी बम विष्फोटको घटनाबारे बोल्यो विप्लव नेतृत्वको नेकपा
काठमाडौं-सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा भएको शक्तिशाली बम विस्फोटमा आफ्नो पार्टीको संलग्नता नरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दाबी गरेको छ । सो पार्टीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बम विष्फोटलगत्तै प्रतिक्रिया दिँदै बम विष्फोट गराउने आफ्नो पार्टीको नीति नभएको दाबी गरेका हुन् ।
कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको भन्दै कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्ले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधैं हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो ।प्रहरीका अनुसार विस्फोटमा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइते हुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ ।
त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएकै बेला जिल्ला सेक्रेटरी मल्लबाट उक्त प्रतिक्रिया आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री