शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेरिएट होटलको भेन्चर काठमाडौंमा, यस्ता छन् सुविधाहरु

बिहीबार, ०२ साउन २०७६, १८ : ३२
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– नेपालमा ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।

मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले आफ्नो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।’

होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्ग ५०० केजीको पुजा गर्दा प्रयोग गरिने घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । परम्परागत डेस्कहरुलाई लचीलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्दछ ।

काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको बताए । उनले अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेको बताए ।

अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिङ अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ । एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको छ । 

म्यूजिक बार, जसले स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र जाज् म्यूजिक सेसन पनि आयोजना गर्दछ । बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउसको कफि ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफि आधारित पेय पदार्थ पेश गर्दछ । 

७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल हो । एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४सौं घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान हो ।

स्वास्थ्य र सर्वाङ्गीण वेल–विङ्गसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिटमेन्ट कोठाहरु रहेका छन् जसमा दिमाख र शरिरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिटमेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर रहेका छन् ।

यात्रीहरुले होटलबाट केहि पैदलको दुरिमा रहेका एतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्व शाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन्, पुन कफि खान, दरबारमार्गको गल्लीमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन् । यस बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरिमा रहेको छ । 

मेरिएट होटल

६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढि होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पीढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोबल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश रहेको छ । 

मेरिएट इन्टरनेशनल 

मेरिएट इन्टरनेशनल बेथिस्डा, म्यारिल्याण्ड, अमेरिकामा स्थीत छ र यसको पोर्टफोलियोमा १३१ वटा देश र भूभागका ३० वटा प्रमुख होटल ब्राण्डमा ७ हजार भन्दा बढि प्रोपटी रहेको छ । मेरिएट विश्वभरमा फ्रयान्चाईज होटल तथा लाइसेन्स भ्याकेसन स्वामित्वका रिर्जोटहरु संचालन गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप