अन्जुको तिज गीत ‘रातो चोली’
बिहीबार, ०२ साउन २०७६, १८ : १२
काठमाडौं – नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा गायक गायिकाले तिज गीत धमाधम सार्वजनिक गर्न थालेका छन् । यस्तैमा गायिका अन्जु गौतमले पनि ‘रातो चोली’ बोलको तिज गीत बाहिर ल्याएकी छन् । मौलीका भाकाको रुपमा तयार पारिएको गीतमा बिजय कटेलको शब्द तथा अन्जु गौतमको स्वर तथा संगति रहेको छ ।
आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा ज्योती , अस्मिता, सुस्मिता, सोबिता लगायतको अभिनय रहेको छ । रामेश्वर जिरेलको छायाँकन, राम प्यासीको निर्देशन रहेको गीतको भिडियोको सम्पादन बिजयराज भुर्लेतेले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा