भारत र चीनबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्छ: माधव नेपाल
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको बताएका छन् । वरिष्ठ नेता नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने पनि स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीच घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढ्वा दिँदै जानुपर्ने आवश्यक्ता पनि औंल्याए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताए । उनले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पारे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहि आएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको पनि बताए । राजदूत पुरीले नेपाली जनतालाई विपत्तिमा साथ दिन पनि भारत सरकार सदा तत्पर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु