शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंकले पायो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र

बिहीबार, ०२ साउन २०७६, १५ : ४४
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक अब आईएसओ ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको छ ।

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर सुन्धारास्थित  कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमकाबीच आईएसओ ९००१ः२०१५को प्रमाणपत्र आईएसओ प्रमाणपत्रको आधिकारिक संस्था यूआरएस–यूनाइटेड रेजिस्टर्ड अफ सिस्टमस्का नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गरे ।
 

आईएसओ ९००१ः२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नोसेवा र सुबिधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तरास्ट्रियस्तरको सेवा तथा सुबिधाहरु प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनि हो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आईएसओ ९००१ः२०१५ प्रमाणीकरणसंगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु ग्राहकहरुकै चाहना अनुरुप आधुनिक डिजिटल बैंकिंगका प्रोडक्टहरु ल्याउने कुरा जनाए ।

सिभिल बैङ्कका अध्यक्ष ई.इच्छा राज तामाङले अब सिभिल बैंकको सेवा तथा सुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकाय हरुको सबै नियमहरुको पालना गरि अगाडी बढी रहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरुमा ग्राहकहरु कै सेवा मा केन्द्रित भएर अगाडी बढ्ने कुरा बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप