बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडाबाट जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

बिहीबार, ०२ साउन २०७६, १५ : २०
बिहीबार, ०२ साउन २०७६

हेटौंडा– जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महिना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागाइँलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटौंडा–२ बाट नियन्त्रणमा लिएको हो ।

उनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप