बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

बिहीबार, ०२ साउन २०७६, १५ : ०२
बिहीबार, ०२ साउन २०७६

काठमाडौँ– नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् ।

‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ’ खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न पनि नेपाली काँग्रेस संसदीय दलले माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप