शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी क्षेत्रमा व्यवसायीहरुले वितरण गरे झुल

बिहीबार, ०२ साउन २०७६, १४ : ३७
बिहीबार, ०२ साउन २०७६

जनकपुर– अविरल वर्षाका कारण आएको बाढी क्षेत्रमा अहिले लामखुट्टेको प्रकोप देखिएको छ । झाडापखाला सङ्गै देखिएको विभिन्न रोगले बाढी पीडितहरु समस्या झेलिरहेका छन् भने केही स्थानमा मात्रै चिकित्सकहरुको टोलि पुग्न सकेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।

यसैलाई ध्यानमा राख्दै धनुषा चेम्बर अफ कमर्सले बाढी प्रभावित परिवारलाई १ सय १ वटा झुल वितरण गरेको छ ।  धनुषा चेम्वरका पदाधिकारीहरुले बिहिवार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई झूल हस्तान्तरण गरेको हो ।

धनुषामा अहिले राहत वितरणमा एकद्वार प्रणाली लागू भएकोले गर्दा आफूहरु जिल्ला प्रशासन कार्यालय मार्फत नै झुल जिम्मा लगाएको चेम्बरका अध्यक्ष विजयकुमार साहले बताए । राहत हस्तान्तरणको बेला चेम्बरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र, उपाध्यक्षद्वय सलामत राइन र हिरालाल पूर्वे, महासचिव कृष्णदेव सह, सह कोषाध्यक्ष जानकी रमन झा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । 

जनकपुरमा मात्रै करिब २० हजार विस्थापित भएका छन् भने १ लाख व्यक्ति बाढी प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप