मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री दुलाल छड्के जाँदा जब कार्यालय सहयोगी मात्र भेटिए...

बिहीबार, ०२ साउन २०७६, १३ : ४८
बिहीबार, ०२ साउन २०७६

हेटौंडा– प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्नुहुँदा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए ।

मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप