बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी प्रभावित क्षेत्रमा रेडक्रस, राहतको पूर्ण सेट सहित हटलाईन सेवा

बिहीबार, ०२ साउन २०७६, १३ : १७
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएको नेपाल रेडक्रसको तत्थ्याङ्कले देखाएको छ । 

बाढी, पहिरो र डुवानबाट ४० हजार घरहरुमा क्षती पुगेको अनुमान पनि गरिएको छ । यो वाढी प्रभावित ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित तथ्याङ्क हो । बुधवारसम्म नेपाल रेडक्रस सोसाइटीमार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण भएको छ ।

यसका अलावा ३ सय १० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलव्ध सामाग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताए ।

नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताइन् । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने पनि जानकारी दिइन् ।

यसैबीच, रेडक्रसले प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरेको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ पुगेका छन् । सर्लाही पुगेका विशेषज्ञ सन्तोष न्यौपानेले चक्रघट्टामा खोलाको किनारमा बस्ती रहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा रहेको बताए । 

स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको मानिसहरुले बताइरहेका छन् । सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारभ्भिक तथ्याङ्क आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताए । 

स्वास्थ्य समस्या वढ्न सक्ने खतरा

डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

उनले भने, ‘सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो सन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै सन्देशहरु प्रभावकारी हुने भएकाले स्थानियहरुको सहयोग लिइएको छ ।’ 

पानी सुद्धिकरणको लागि एक लाख वटा ट्यावलेट र सरसफाई प्रवर्धनको लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको रेडक्रसले जनाएको छ ।  

आपतकालीन तटबन्ध निर्माण

अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् । 

हटलाईन ११३० सेवा

महोत्तरीको बालुवाबाट जिवझ साहले सहयोगको लागि निशुल्क टेलिफोन हटलाइन ११३० मा जानकारी दिने वित्तिकै महोत्तरीको प्रतिकार्य समूहलाई यसबारे थाहा दिइएको थियो । त्यहाँबाट साहले वडा नं ६ मा १०० घर डुवेका, औषधि पसलपनि बन्द भएको र खानेकुरा नपाएकोले सहयोगको लागि डायल गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप