बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सुपर गोर्खे’ प्रदर्शन हुने

बिहीबार, ०२ साउन २०७६, १३ : १४
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– गतवर्ष प्रदर्शनमा आउने भनिएपनि प्रदर्शन हुन नसकेको फिल्म ‘सुपर गोर्खे’ यो साउनमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक राज थापाले साउन १० गते फिल्म रिलिज पक्का गरिएको जानकारी दिए ।

अभिनेत्री ऋचा सिंह ठकुरीको निर्माण रहेको फिल्ममा  ऋचाको अलवा सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 
विवाहपछि अभिनयबाट टाढा रहेकी ऋचा यस फिल्मबाट पुनरागमन गर्न लागेकी हुन् ।

इश्वरीसिंह ठकुरी, राम कृष्ण, सुदिपजंग थापाको लगानी रहेको फिल्मलाई सौरभ लामाले छायाँकन गरेका छन् ।  निर्देशक थापाकै कथा रहेको फिल्ममा फिलिप जोनको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप