बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडाः भाइको दबाबमा आमाले पठाइन् फोटो, बनिन् विश्व सुन्दरी

बिहीबार, ०२ साउन २०७६, १२ : ००
बिहीबार, ०२ साउन २०७६

बलिउडका साथै हलिउडमा पनि आफ्नो स्थान बनाउने ग्लोबल आइकन प्रियंका चोपडाको आज (१८ जुलाई) मा जन्मदिन हो । प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ । उनको जन्मदिनको मौकामा उनीबारे केही रोचक तथ्य थाहा पाऔंः

पितासँगको सम्बन्धः

प्रियंका चोपडाको जन्म जमशेदपुरमा १८ जुलाइमा भएको थियो । उनकी आमा मधु चोपडा र पिता अशोक चोपडा आर्मीमा डाक्टर थिए जसका कारण उनको विभिन्न स्थानमा ट्रान्सफर भइरहन्थ्यो । उनका पिता अब यो दुनियाँमा छैनन् । प्रियंकाले बुवाको अक्षरमा आफ्नो हातमा ट्याटु बनाएकी छिन्, जसमा लेखिएको छ, ‘ड्डाडिज लिटिल गर्ल ।’

भाइको दबाबमा आमाले पठाएकी थिइन् प्रतियोगिताका लागि फोटो

भारतीय मिडिया भास्करका अनुसार प्रियंका चोपडाकी आमाका अनुसार प्रियंका बाल्यकालदेखि नै निकै होसियार थिइन् र उनकी हजुरआमाको उनीमाथि निकै प्रभाव परेको छ । प्रियंका जब १७ वर्षकी थिइन् तब उनका भाइ सिद्धार्थको दबाबमा उनकी आमाले प्रियंकाको घरमा भएका केही फोटो मिस इन्डिया प्रतियोगिताका लागि पठाएकी थिइन्, त्यसपछि सबैकुरा परिवर्तन हुँदै गयो ।

सन् २००० मा पाइन् विश्व सुन्दरीको उपाधि

सन् २००० मा प्रियंका विश्व सुन्दरी बनिन् त्यसपछि उनले सन् २००२ मा तमिल फिल्ममा अभिनय गरिन् । सन् २००४ मा प्रियंका चोपडाले फिल्म ‘मुझसे शादी करोगी’ मा अभिनय गरिन् जसमा उनले व्यवसायिक सफलता हासिल गरिन् । त्यसै वर्ष प्रियंकाको फिल्म ऐतराज आयो जसमा उनले नेगेटिभ भूमिका निभाएकी थिइन्, यसमा उनको अभिनयले निकै तारिफ गर्यो ।

सौन्दर्य प्रशासनमा गर्छिन् लाखौं खर्चः

एक रिपोर्टलाई मान्ने हो भने प्रियंका आफू सुन्दर देखिन हरेक महिना लगभग एक लाख भारु खर्च गर्छिन् । उनी नियमित रुपमा फोम स्किन क्लिंजर, स्किन क्रिम र चाउरीबाट बच्नका लागि आइ कन्सनट्रेटको प्रयोग गर्छिन् । साथै उनको कपाल, नङलगायतमा निकै खर्च हुन्छ ।

यी नायकसँग जोडिएको थियो नामः

प्रियंका चोपडाको नाम विवाहित नायकसँग पनि जोडिइसकेको छ । ऐतराजपछि उनको र अक्षय कुमारको लिंकअपको खबर पनि आएको थियो । यस्तै, शाहरुख खानसँग पनि उनको अफेयरको चर्चा भइसकेको छ । यसबाहेक, शाहिद र प्रियंकाकमो डेटिङको खबर पनि आइसकेको छ ।

निक जोनससँग गरिन् भव्य विवाहः

सन् २०१८ मा प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग भव्य विवाह गरिन् । जोधपुरको उम्मेद भवन प्यालेसमा उनको विवाह चर्चाको विषय बन्यो ।

उनीहरुले हिन्दु र क्रिस्चियन परम्परामा विवाह गरेका छन्  ।

पैसालाई महत्व दिन्छिन्ः

प्रियंका चोपडा फोर्ब्सको सूचीमा सुचिकृत हुने पहिलो भारतीय नायिका हुन् । सन् २०१८ को एक रिपोर्ट अनुसार उनको कुल सम्पत्ति श्रीमान् निक जोनसभन्दा धेरै थियो । एक अन्तरवार्ताको क्रममा चोपडाले आफूलाई पैसाको महत्व राम्रोसँग थाहा भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘बाल्यकालमा यस्तो दिन पनि थियो कि जब हाम्रो जुत्ता च्यातिन्थ्यो तब नयाँ किन्न सक्ने स्थिती नभएकाले जुत्ता सिलाएर लगाइन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप