शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यापार नीति तोडमोड नगर्न आईएमएफका मुख्य अर्थशास्त्रीको आग्रह

बिहीबार, ०२ साउन २०७६, ११ : ३२
बिहीबार, ०२ साउन २०७६

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले विश्वलाई व्यापार नीतिलाई तोडमोड नगर्न आग्रह गरेको छ । व्यापार तनावले विश्वका चालु खातामा उल्लेखनीय असर नपरेको तर विश्व लगानी तथा वृद्धिको तौलिरहेको आईएमएफका मुख्य अर्थशास्त्रीले बताएकी छिन् ।

‘पछिल्लो द्विपक्षीय व्यापारका क्रियाकलापमा प्रत्यक्ष असर विश्वमा नदेखिए पनि सुक्ष्म नीतिका देखिएका बाह्य असन्तुलनका कारण एकीकृत बचत तथा लगानी असर पार्छ,’ आइएमएफले हालै तयार गरेको अर्थतन्त्रमा मुद्रा र बाह्य बचत तथा घाटासम्बन्धी बाह्य वार्षिक मूल्याङ्कन प्रतिवेदनले उल्लेख गरेको एक पत्रकार सम्मेलनमा गीता गोपीनाथले बताइन् ।

उनले व्यापार तनावको असर, उपभोक्ता मुल्य बढाउन र विश्व व्यापारमा लगानी तथा वृद्धि, आत्मविश्वासमा क्षयीकरण र विश्वको ‘सप्लाइ चेन’ अवरुद्ध हुन सक्ने सम्बन्धमा जानकारी गराइन् । ‘सबै मुलुकले व्यापारमा ल्याउने तोडमोड गर्ने नीतिगत अनिवार्यताबाट बच्नुपर्छ,’ गोपीनाथले बताइन् ।

विश्व आर्थिकमन्दीले पछ्याउँदै सबैतिर चालु खाताको नाफा तथा घाटामा गिरावटबाट विश्वको कुल ग्राहस्थ्य उत्पादन सन् २००७ मा ६ प्रतिशत र सन् २०१३ मा ३.५ प्रतिशत रहेको छ । त्यसपछि विश्वको चालु खातामा देखिएको असन्तुलनका कारण सन् २०१८ मा विश्वको कूल ग्राहस्थ्य उत्पादन केही तल झरेर ३ प्रतिशत हुने प्रतिवेदनले देखाएको छ ।

“चालु खाता उच्च रहेका देशहरु जस्तै बेलायत र संयुक्त राज्य अमेरिकाले वृद्धिमैत्री वित्तीय नीति ग्रहण गर्नुपर्ने एवम् चालु खाता बचतमा रहेका देशरु जर्मनी र दक्षिण कोरियाको वित्तीय क्षेत्र सार्वजनिक पूर्वाधारमा लगानी र वृद्धि सम्भावना भएका क्षेत्रमा लगाउन पर्छ,” गोपीनाथले बताइन् ।

उनका अनुसार चालु खाता घाटा वा बचतमा रहेका देहरु शुक्ष्म तथा संरचनागत स्रोतमा केन्द्रित भएर तोडमोड गरेर व्यापारिक क्रियालाप गर्नुभन्दा सावधानीपूर्वक संरचनात्मक तदअनुरुपम सिलसिला मिलाएर नीतिगत संरचनामा केन्द्रित हुनुपर्नेछ ।

विगत ७५ वर्षदेखि चलिरहेको विश्व अर्थतन्त्रलाई उदारवादलाई जगाउन र नियमसंगत बहुराष्ट्रिय व्यापार पद्धतीलाई सबलीकरण गर्न सबै देशरुले संयुक्त बल लगाउनुपर्नेछ ।

स्रोत : सिन्हवा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप