गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त
बिहीबार, ०२ साउन २०७६, ०९ : २४
ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ ।
नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।
सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।
आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न रु एक करोड बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा