बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिजिट भिषामा युएई पुगेका नेपाली युवा कहिल्यै जान नपाउने गरी किन फर्काइयो ?

बिहीबार, २६ साउन २०७४, २० : ०१
बिहीबार, २६ साउन २०७४

बिनोद श्रेष्ठ

युएर्इ – युएर्इमा रोजगारीको लागि दलाल मार्फत भिजिट भिसामा आएका १९ नेपाली मध्येका तीनजना युएर्इ कहिल्यै आउन नपाउने गरी नेपाल फर्किएका छन्।

ठमेल स्थित अर्थलाइन ट्राभल्स र क्रोमोज ट्राभल्स मार्फत भिजिट भिसामा युएर्इ छिरेका बाँकेका लोक बहादुर डाँगी,दाङ्का कुल केसी र  रूकुम सिम्लेका प्रेम प्रकास केसी युएर्इ कहिल्यै आउन नपाउने गरी गत बुधबार नेपाल फर्केका हुन्।

चितवनका (साजन) भनिने प्रेम पाण्डेले युएर्इमा काम लगार्इ दिने बहानामा एर्पोट सेटिङ् हुदै भिजिट भिसामा युएर्इ ल्याएका उनीहरूलार्इ अन्तत भिसाको म्याद सकिएपछि समस्या झेल्दै आएका थिए। 

दलालले कानुनी प्रकृया पुरा गरी जरिवाना तिरेर युएर्इ आगमन प्रतिबन्ध हटाउने भने पनि उनीहरू प्रहरी हिरासतमा बसी कहिल्यै युएर्इ फर्कन नपाउने गरी फर्केका छन्।

प्रति ब्यक्ति दुर्इ देखि तीन लाख असीहजारसम्म तिरेर भिजिट भषामा उनीहरूसँगै आएका अरू १५ जना नेपाली दुइ हप्ता अघि नेपाल फर्किएका थिए, भने एकजना गत मंगलबार मात्र नेपाल फर्केका थिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप