बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली विश्व सम्पदालाई खतराको सूचीमा पर्नबाट जोगाउने चीन...

बिहीबार, ०२ साउन २०७६, ०६ : २५
बिहीबार, ०२ साउन २०७६

नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला ।

यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दवाव दिएपछि युनेस्को समितिले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ ।

इन्डोनेशिया युनेस्को कार्यकारी समितिको अध्यक्ष हो । यसअघि युनेस्कोले उपत्यकाको सातवटा विश्वसम्पदा क्षेत्र खतराको सूचीमा राख्ने पाचौं पटकको प्रस्ताव विफल भएको छ । युनेस्कोले भूकम्प लगत्तै सन् २०१५ हरेक वर्षको सेक्सनदेखि गएको वर्षसम्म उपत्यकाको सात क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिदै आएको थियो । 

१५–२५ असारमा अजरबैजानको बाकुमा सम्पन्न ४३औं विश्वसम्पदा सेक्सनले उपत्यकाको काठमाडांै, भक्तपुर, पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपति र चाँगुनारायण क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप