भिजिट भिषामा युएई पुगेका नेपाली युवा कहिल्यै जान नपाउने गरी किन फर्काइयो ?
बिनोद श्रेष्ठ
युएर्इ – युएर्इमा रोजगारीको लागि दलाल मार्फत भिजिट भिसामा आएका १९ नेपाली मध्येका तीनजना युएर्इ कहिल्यै आउन नपाउने गरी नेपाल फर्किएका छन्।
ठमेल स्थित अर्थलाइन ट्राभल्स र क्रोमोज ट्राभल्स मार्फत भिजिट भिसामा युएर्इ छिरेका बाँकेका लोक बहादुर डाँगी,दाङ्का कुल केसी र रूकुम सिम्लेका प्रेम प्रकास केसी युएर्इ कहिल्यै आउन नपाउने गरी गत बुधबार नेपाल फर्केका हुन्।
चितवनका (साजन) भनिने प्रेम पाण्डेले युएर्इमा काम लगार्इ दिने बहानामा एर्पोट सेटिङ् हुदै भिजिट भिसामा युएर्इ ल्याएका उनीहरूलार्इ अन्तत भिसाको म्याद सकिएपछि समस्या झेल्दै आएका थिए।
दलालले कानुनी प्रकृया पुरा गरी जरिवाना तिरेर युएर्इ आगमन प्रतिबन्ध हटाउने भने पनि उनीहरू प्रहरी हिरासतमा बसी कहिल्यै युएर्इ फर्कन नपाउने गरी फर्केका छन्।
प्रति ब्यक्ति दुर्इ देखि तीन लाख असीहजारसम्म तिरेर भिजिट भषामा उनीहरूसँगै आएका अरू १५ जना नेपाली दुइ हप्ता अघि नेपाल फर्किएका थिए, भने एकजना गत मंगलबार मात्र नेपाल फर्केका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा