टर्कीका कूटनीतिज्ञसहित दुई जनाको हत्या
एजेन्सी- इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरी स्रोतले एएफपीलाई भन्यो, “टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको मृत्यु भएको हो ।” उनका अनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए ।
स्रोतले दिएको प्रारम्भिक विवरणमा तीन जना मारिएको उल्लेख छ । तर कुर्दिस आन्तरिक सुरक्षा फौजले भने अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जनाएको छ । उनीहरूका अनुसार मारिने दुई जनामध्ये एक जना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन् ।
टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ । मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ