शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनतासँग प्रधानमन्त्री कार्यक्रमले सरकारका काम जनता समक्ष पुगे: प्रधानमन्त्री ओली

बुधबार, ०१ साउन २०७६, २२ : २३
बुधबार, ०१ साउन २०७६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष  पु¥याउन सहज भएको बताएका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रम एक बर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकांक्षा, सरकारका उपलब्धी र प्रतिफल जनतासँग पु¥याउन सहज भएको बताएका छन् । “यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धी,सडक यातायातको चर्चा, राष्ट्रिय आकांक्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौं” प्रधानमन्त्री ओलीले भने ।

 हरेक बुधबार राती ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक बर्षमा कार्यक्रम ५० अंक प्रशारण भयो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रशारण समापन गरिएको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप