शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निखिलले गरे यस्तो बोल्ड निणर्य

बिहीबार, २६ साउन २०७४, १९ : ३६
बिहीबार, २६ साउन २०७४

काठमाडौं – अभिनेता निखिलको पछिल्लो समय किङ, रुन्द्र, निर्भय प्रदर्शनमा आए । तर यी तीनै चलचित्रले उनको करियर उकास्न भने सकेन ।

हिट चलचित्र ‘भैरव’बाट अभिनयमा पनुरागम गरेका निखिल ‘भैरव’ लगतै ‘लुटेरा‘मा देखिए । यी दुबै चलचित्र हिट भएपछि निर्माता निर्देशकको तानातानमा परेका निखिललाई  किङ, रुन्द्र, निर्भयको ब्यवसाय नराम्रो धक्का दियो ।

सायद त्यसैले पनि होला अहिले उनले बोल्ड निणर्य गरेका छन् । उनको बोल्ड निर्णय थोरै तर राम्रो चलचित्र खेल्ने रहेको छ ।

‘अबका दिनमा म थोरै चलचित्र खेल्छु, तर राम्रो मात्र खेल्छु’ निखिलले भने ‘सबैको चलचित्र खेल्नाले मेरो स्टारडममा धक्का लाग्यो ।’

हुन त आफ्नो पछिल्ला चलचित्र नचल्नको दोस उनी निर्देशकहरुलाई थुपार्न थालेका छन् ।  भन्छन् ‘मेरो कारणले दुई दिन चलचित्रमा दर्शक आउने हुन् । अन्य दिन त चलचित्रले तान्ने हो ।’

‘निखिलको चलचित्र आयो भनेपछि रिलिको दुई दिन हलमा दर्शक आउछन् । त्यो मेरो स्टारडमको कारणले हो ’ निखिलले थपे ‘त्यसपछि दर्शक तान्ने भनेको चलचित्रले हो । चलचित्र राम्रो भए दर्शक आउँछन् नभए आउदैनन् । यो जस र दोस निर्देशकले लिनुपर्छ ।’

निखिल अहिले चलचित्र ‘कमिटमेन्ट’ छायाँकनमा ब्यस्त छन् । झण्डै ३ करोड आसपासको लगानीमा निर्माण हुन लागेको यो चलचित्र आफ्नो महत्वकांक्षी चलचित्र भएको उनले सनाए ।

चलचित्र निखिल आफैले निर्देशन गरिरहेका छन् । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रमेन्ट्सले बनाउन लागेको चलचित्रमा निखिलको अलवा रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । चलचित्रमा उनकै साली अर्थात सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेल अभिनेत्रीको रुपमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप