शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भयो बाढी पीडित जनतासँगै पशुपंक्षिहरुको पनि उद्वार (फोटो फिचर)

बुधबार, ०१ साउन २०७६, १८ : ४९
बुधबार, ०१ साउन २०७६

काठमाडौं– बाढीबाट प्रभावित तराईका विभिन्न जिल्लाहरुमा पशुपंक्षिहरुको उद्वार तथा उपचार गरिएको छ । 

पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरनरी एसोशिएसनले संयुक्त रुपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित जीव जनावरहरु तथा मानिसहरुका लागि कार्य गरिरहेको स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले बताईन् । 

बाढीपछि डुबानमा परेका बस्तीहरु, बाढीमा फसेका जनावरहरु तथा मानिसहरुका लागि सहायता गरिरहेको उनले बताईन् । प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताको लागि पहल हुने गरेता पनि पशु पंक्षिहरुको लागि खासै चासो नराखिने भएकोले आफूहरुले पशुपंक्षिहरुको उद्वारमा ध्यान दिएको श्रेष्ठले बताईन् । 

नेपाल भेटेरिनरी एसोसियसनका अध्यक्ष डा. शितलकाजि श्रेष्ठले अविरल वर्षापछि तराईका जिल्लाहरुमा आपतकालिन सहायताका लागि अहिले आवश्यक भेटेरनरी औषधि तथा ¥याफ्टीङ बोटसहित टोलि फिल्डमा उद्वार कार्यका लागि जुटेको बताए । 

हाल दुवै संस्थाका १४ जनाको टोली निरन्तर रुपमा तराईका जिल्लाहरुमा सहायताको लागि खटिएका छन् । हालसम्म बाढी प्रभावित रौतहट, बारा तथा सप्तरिका ५०० भन्दा बढी  जनावरहरुलाई उपचार गरिएको छ भने बाढीपछि पशुहरुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाउने कार्य समेत गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप