शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपको ‘मिस एलिट ब्युटी क्विन’ मा नेपालको प्रतिनिधि भावना

बुधबार, ०१ साउन २०७६, १८ : ४८
बुधबार, ०१ साउन २०७६

काठमाडौं– ‘मिस एलिट ब्युटी क्विन २०१९’ मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् । युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ४० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा उनी मात्र नेपालको एक्लो सहभागी हुन् ।

नेपालका लागि अधिकार प्राप्त संस्था ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ)ले हालै राजधानीमा आयोजना गरेको डिसनबाट उनी छानिएकी हुन् । अडिसनमा २५ जनाको सहभागिता रहेको थियो ।
बुधबार राजधानीमा एक कार्यक्रममा बीच ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ) भावनालाई ‘मिस एलिट ब्युट क्विन इन्टरनेशन नेपाल २०१९’को ताज पहिर्याउदै प्रतियोगिताको लागि आधिकारिकता प्रदान गरेको हो ।

आगामी २८ जुलाइदेखि अगष्ट २ सम्म आयोजना हुने प्रतियोगितामा भावनाले नेपाली कला–संस्कृति सहित सहभागी हुन लागेकी हुन् ।  सुन्दरीहरुको पलभित्र लुकेर रहेको प्रतिभा निखार्दै बाहिर ल्याउने उदेश्य रहेको यो प्रतियोगिताको बिजेताले ३ हजार युरो पर्ने ताजका साथमा विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् । भावना नेपाली मोडल तथा मेकअप आर्टिस्ट हुन् ।  

नेपालको नाम विश्वमा चिनाउने आफ्ना लागि प्रतियोगिता एक अवसर भएको कार्यक्रममा भावनाले बताइन् । उनले ताज नेपाल ल्याउने कोसिस आफ्नो रहने सुनाइन् । २०१३ बाट नियमित आयोजना हुदै आएको यो प्रतियोगितामा अबदेखि हरेक बर्ष एक प्रतिनिधि आफुले पठाउने ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन (डीआईएमएफ)की सिइयो मन्जु ढकालले बताइन् । 

(डीआईएमएफ)को सम्बन्धन ड्रिम्स वेयर फ्यासन बुटकसँग छ । यसले छिट्टै ‘रनअवे ड्रिम्स २०१९’ नामको सौन्र्दय प्रतियोगिता समेत आयोजना गर्दैछ । ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनबाट नयाँ र व्यवसायिक मोडलले मोडलिङ र ¥याम्पवाक आधुनिक बिषयमा जानकारी लिन सक्नेछन् । यो प्रतियोगिताको राष्ट्रिय निर्देशक अनिला शाक्य तुलाधर रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप