मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

बुधबार, ०१ साउन २०७६, १८ : ०५
बुधबार, ०१ साउन २०७६

काठमाडौं– टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले हिजो देखि ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको  छ । 

काठमाडौंको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाडौं बाहिरका इटहरी, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र मेचीमा यी क्याम्पहरु शुभारम्भ भएको छ । 

सो कार्यक्रममा ग्राहकहरुले  टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ । 

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशत सम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट र व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरेको छ ।

साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन । 

मनसुनको समयलाई लक्षित गरि  आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको  उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्त गर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप